२३ असोज । शनिवार सुर्खेत सहित दैलेख र जाजरकोटको विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले शनिवार कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने जनाउदै विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने सुर्खेत केन्द्रले जनाएको छ । प्राधिकरणले सूचना जारी गरी रामघाट–कल्याणको ११ केभी लाइन निर्माण गर्ने पनि जनाएको छ ।
लाइनको को पनि विद्युत अवरुद्ध हुँदा सुर्खेत, दैलेख र जाजरकोटमा ९ घण्टा विद्युत अवरुद्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्