Birendranagar Municipality

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार बढीमा कोरोना सङ्क्रमण

सेरोफेरो
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार बढीमा कोरोना सङ्क्रमण

२४ असोज । गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

१९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।

 

यस्तै गएको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या छ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ असोज २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्