२५ असोज । मानसिक स्वास्थ्यका बिषयमा देशभरिका २८ जना रेडियोकर्मी लाई फेलोसिप (लेखनबृत्ति) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो । यूनिसेफ नेपाल, कान्तिबाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मी लाई फेलोसिप पनि प्रदान गरिएको हो ।
देशभरिका सामुदायिक रेडियोकर्मीका लागि भएको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्य सम्बन्धी तालिममा सहभागि भएका ३ सय २० जना मध्येबाट २८ जना छनोट गरिएको हो । भरच्र्युएल माध्यमबाट भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर शाहीले मानसिक स्वास्थ्य सम्बन्धी सञ्चारलाई प्राथमिकता दिएर योजनाहरु बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । युनिसेफका स्वास्थ्य शाखाका प्रमुख बुद्धि सेटुवानले मानसिक स्वास्थ्य सम्बन्धी प्राविधिक ज्ञान लिएका रेडियोकर्मीहरुले जनचेतनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।
कान्तिबाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले सामुदायिक रेडियोहरुले मनो परामर्शका लागि महत्वपूर्ण कामगर्न सक्ने र मानसिक स्वास्थ्यको लागि दिनदिनै जानकारी दिन सक्ने बताए । १३ वटा समूहमा विभाजन गरेर गरिएको भर्चुअल तालिममा सहभागि देशैभरिका सामुदायिक रेडियोहरुबाट मानसिक स्वास्थ्यका बिषयमा कार्यक्रम र सूचना प्रसारण गर्ने प्रतिवद्धता सहभागिहरुबाट आएको सीआईएनका प्रवन्धक दीपक आचार्यले जानकारी दिए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख कुञ्ज जोसीले रेडियोकर्मीका लागि मानसिक स्वास्थ्य सम्बन्धी यस्तो खालको तालिम पहिलो पटक भएको र आगामि दिनमा पनि यस्ता तालिम र रेडियोका कार्यक्रमका लागि सहकार्य गर्न सरकार तयार भएको बताए । सूचना तथा प्रसारण विभागका निर्देशक ईश्वरराज दहालले सामुदायिक रेडियोनै जिल्लाहरुको प्रमुख सञ्चार माध्यम भएकाले ति रेडियोले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने धारणा व्यक्त गरे ।
यूनिसेफका विकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले आगामि दिनमा सामुदायिक रेडियोसँग मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमका लागि पनि साझेदारी गर्ने बताईन् ।
फेलोसिप पाउनेमा प्रदेश नं एक बाट भिजन एफएम ओखलढुंगाका पूर्ण प्रसाद न्यौपाने, रेडियो साथी झापाका ज्ञानेन्द्र निरौला, रेडियो मेन्छ्याम तेह्रथुमका इन्दिरा भट्टराई र रेडियो लालिगुँरास धनकुटाका बिदुर खवास छन् ।
त्यस्तै प्रदेश २ बाट रेडियो जानकी का बटुक झा, रेडियो गुञ्जनका उपेन्द्र गोले, रेडियो एकताका जनार्दन खत्री र रेडियो मिताका यमुना खनाल रहेका छन् । बागमती प्रदेशबाट रेडियो सिन्धुका अस्मी स्याङ्तान, रेडियो महाभारतका बृुद्ध नेपाली, रेडियो रामेछापका अनिता थापा मगर र रेडियो चिम्टेश्वरी नुवाकोटका रामहरी न्यौंपानेले फेलोसिप प्राप्त गरेका छन् ।
यसैगरी गण्डकी प्रदेशबाट रेडियो स्याङ्जाका रमेश गोदार, रेडियो हिमचुलीका रमेश रामदान राई र रेडियो लमजुङका शान्ता कमली छन् । लुम्बीनी प्रदेशबाट रेडियो मदन पोखराका विजय कुमार गौंडेल, रेडियो मुक्तिका निरु थापा, रेडियो मालारानीका नविन केसी छन् ।
यसैगरी कर्णाली प्रदेशबाट रेडियो चँखेलीका हस्त चौंलागाई, रेडियो शारदाका प्रतिक शर्मा ईच्छुक, रेडियो कर्णाली आवाजका नवराज महतरा, बुलबुले एफएम सुर्खेतका कल्पना डेंगा मगरले प्राप्त गरेका छन् ।
सुदुरपश्चिम प्रदेशबाट रेडियो सेभेन स्टार बैतडीका डम्बरबहादुर बोहोरा, रेडियो बार्जु बाजुराका नन्दा थापा, रेडियो टिकापुरका दुर्गा देवकोटा, रेडियो खलंगा जाजरकोटका टिका बिसी र नयाँ नेपाल एफएम दार्चुलाका सन्तोस कोट्टारीले फेलोसिप प्राप्त गरेको सिआईएनले जनाएको छ ।
प्रतिकृया दिनुहोस्