२५ असोज । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। सभामुख सहित कर्णालीमा नेकपाका ३३ जना सांसद छन्।
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले पार्टीको भावना अनुसार काम नगरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका हुन् ।
केन्द्रको सहमति अनुसार कर्णालीमा तत्कालिन माओवादीले मुख्यमन्त्री पाएको थियो। कर्णालीमा तत्कालिन एमालेका २० र माओवादीका १३ जना सांसद छन्। जसमा तत्कालिन माओवादीका सांसदहरुले समेत अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।


प्रतिकृया दिनुहोस्