Birendranagar Municipality

नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाह बर्खास्त

सेरोफेरो
नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाह बर्खास्त

२६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसंगै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरिएको छ ।

 

शाहीविरुद्ध अविश्वास रहेको भनी नेकपाका १८ सदस्यले आइतबार संसदीय दलको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।

 

दलका नेता शाहीले आइतबारै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीता कुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।


मुख्यमन्त्रीका आकाँक्षी यामलाल कंडेलको अगुवाइमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको थियो । प्रस्तावमा सरकारको काम प्रभावकारी हुन नसकेको उल्लेख छ ।

 

कंडेलसंगै पूर्वएमालेका १५ र पूर्व माओवादीका ३ जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव पेश भएसंगै नेकपा केन्द्रमा समेत हलचल मच्चिएको छ ।

 

नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार भेटेर कर्णालीको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

 

कर्णालीका सांसद कंडेल ओली निकट मानिन्छन् । उनलाई पूर्व माओवादीका ३ जना सांसदले समेत साथ दिएका छन् । ४० सदस्य रहेको प्रदेश सभामा नेकपाका ३३ सांसद छन् ।

GulabSita

२०७७ असोज २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्