असोज २७ । डोल्पा जिल्लामा पहिलो स्याउ नर्सरी स्थापना भएको छ । जिल्लाको मुड्केचुला गाउँपालिकाको एक वडामा सामुहिक स्याउ नर्सरी को सुरुवात भएको छ । गाउँपालिका को आर्थिक सहयोगमा वडा नं.९ को होर्त का नागरिकहरुले सामुहिक स्याउको नर्सरी स्थापना गरेका छन् । स्याउ खेतीको लागी डोल्पा जिल्लाको तल्लो क्षेत्र उपयुक्त हुँदाहुँदै पनि उन्नत जातका स्याउका विरुवाको अभाव हुँदा कृषकहरुले खेती गर्न पाएका थिएनन्।
दुईवर्ष अगाडी स्थापना भएको कर्णाली जडिबुटी तथा कृषक समुहले हाल २५ हजार स्याउका विरुवा हुर्काइरहेको छ । समुहलाई २०७५ सालमा मुड्केचुला गाउँपालिकाले ५ लाख र २०७६ सालमा ७ लाख सहयोग गरेपछि कृषकहरुले भारत बाट क्राइपयाप्पल को बिउ खरिद गरी उत्पादन गर्न लागेको समुहकी सदस्य गोरीकला बुढाले बताइन् । बिरुवा कलमी गर्नका लागी छिमेकी जिल्ला जुम्लाबाट विभिन्न जातका साइन खरिद तथा ढुवानी गरेर ल्याएको वडा अध्यक्ष्य जय प्रसाद बुढाले बताए ।
कलमी को लागी आफु संग जनशतिm नभएकाले जुम्लाबाट कलमी गर्ने व्यक्ति झिकायर २ लाख १६ हजार खर्च गरेको समुह ले जानकारी दिएको छ ।
यो बर्षमा २५ हजार विरुवा बेच्ने र अर्को बर्षमा २० हजार विरुवा कलमी गर्ने लक्ष्य रहेको सचिब हस्तलाल बुढाको भनाई छ । समुहको नियमति बैठक र बचत समेत गर्ने गरेको र हाल समुहमा रु ५ लाख रुपैयाँ न्युनतम ब्याजमा लगाएको समुहका कोषाध्यक्ष हस्ता बुढाले बताइन् ।
वडा अध्यक्षको बिशेष पहलमा सामुहिक स्याउ नर्सरी खेती गर्न लागेको स्थानिय अगुवा भानुभक्त बुढाले जानकारी दिए । गाउँमा निजी फर्म, समुह भन्दा एक सामुहिक नर्सरी तथा जडिबुटी को स्थापना गर्दा सबैको पहुँच पुग्ने र सवैले सर्वसुलभ रुपमा विरुवा पाउन वडा अध्यक्ष बुढाले बताए । यो नर्सरी जिल्लाको पहिलो सामुहिक नर्सरी भएको र गाउँपालिकाका कृषि शाखा प्रमुख सर्वन कुमार बुढाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्