Birendranagar Municipality

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

सेरोफेरो
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

२८ असाेज । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्यका रुपमा पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल १ सय ५० मतसहित निर्वाचित भएको हो ।

 

नेपाल सन् २०२१–२०२३ का लागि पुनःनिर्वाचित भएकाे हाे । सन् २०१८ को जनवरीदेखि हालसम्म नेपाल मानव अधिकार परिषदको सदस्यका रुपमा रहेको छ । 

 

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभाअन्तर्गत भएको चुनावमा नेपाल परिषदका लागि निर्वाचित हुने एसिया प्यासिफिक क्षेत्रको चारमध्ये एक देश हो । नेपालस‌ंगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सदस्यमा निर्वाचित भएका छन् । परिषदमा १५ सदस्य राष्ट्र हुन्छन् ।

 

परिषद सदस्यमा निर्वाचित हुने अरु देशमा अफ्रिकाबाट आइभरी कोस्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युवा र मेक्सिको तथा पश्चिम युरोपबाट फ्रान्स र बेलायत निर्वाचित भएका छन् ।

 

सबै राष्ट्रहरुले जनवरी २०२१ देखि तीन वर्षे कार्यकाल सुरु गर्ने छन् । सदस्यका लागि एसिया प्यासिफिक क्षेत्रमा मात्रै मतदान भएको हो ।

२०७७ असाेज २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्