Birendranagar Municipality

एकैदिन ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सेरोफेरो
एकैदिन ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ कार्तिक । गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।

 

१५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज थपिएका मध्ये १७ सय ४६ जना कोरोना सङ्क्रमित काठमाण्डौ उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार चार सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

यस्तै गएको २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ कार्तिक १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्