Birendranagar Municipality

प्रजिअ र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

सेरोफेरो
प्रजिअ र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

३ कार्तिक । हिन्दुहरुको प्रमुख चार्ड दशैको विचमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।


कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको गृह मन्त्रालयका सह सचिव तथा प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।

 

गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।

 

चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ । आम नागरिकहरुलाई कोरोना नियन्त्रणमा सचेत रहन र सहयोग गर्न समेत गृहले अपिल गरेको छ ।

Griha mantralaya

२०७७ कार्तिक ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्