Birendranagar Municipality

२४ घण्टामा ३७९० जना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

सेरोफेरो
२४ घण्टामा ३७९० जना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

३ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यो संगै देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ ।

 

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ कार्तिक ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्