Birendranagar Municipality

पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

सेरोफेरो
पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

४ कार्तिक । पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमितको संख्या तीन हजार ९३ पुगेको छ । यो संगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय आठ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ ।

 

अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ कार्तिक ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्