Birendranagar Municipality

कर्णालीका १८१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

सेरोफेरो
कर्णालीका १८१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

४ कार्तिक । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सुर्खेतका १०१ जना, दैलेखका ४० जना, कालिकोटका १५ जना, जुम्लाका ४ जना, हुम्ला र सल्यान २/२ जना, जाजरकोट, मुगु तथा रुकुम पश्चिमका १/१ जना र अन्य प्रदेशका १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

 

यो संगै कर्णालीमा कुल संक्रमितको संख्या ५३५१ जना पुगेको छ । यसैगरी एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीरेन्द्रनगर ८ का ८६ वर्षिया महिलाको मृत्यु भएको हो ।


पछिल्लो २४ घण्टामा १०१ जना कोरोना जितेर घर फर्केका छन् । यो संगै कुल निको हुनेको संख्या ३९८५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

kartik 4

Karnali death

२०७७ कार्तिक ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्