४ कार्तिक । मुलुक कोभिड १९ (कोरोना भाईरस) बाट आक्रान्त भएको समयमा कर्णाली प्रदेश सभाका सम्पुर्ण पदाधिकारीहरुले चाडपर्व खर्च बुझेका छन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुख, उप-सभामुख, विपक्षी दलको नेता, सत्तापक्षका प्रमुख सचेतक, सचेतकले चाडपर्व बापतको रकम बुझेका छन् ।
यसैगरी प्रतिपक्ष दलका सचेतक, विभिन्न समितिका सभापतिहरु ४ जना र २४ जना प्रदेश सभा सदस्यहरुले चाडपर्व वापतको सुविधा बुझेको सचिवालयले जनाएको छ । यसैगरी सचिवालयका विभिन्न कर्मचारीहरु सहित २८ लाख ८९ हजार पाँच सय दश बराबरको चाडपर्व वापत सेवा सुविधा बुझेको सचिवालयका लेखा अधिकृत याम बहादुर वि.सीले जानकारी दिए ।
जसमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सचिवालयबाट रकम लिएका छैनन् । यसैगरी उप सभामुख पुष्पा घर्ति मगरले आफुले पाएको भक्ता विभिन्न समस्यमा परेका व्यक्तिहरुलाई हस्तान्तरण गरेको जनाएकी छन् ।
हेर्नुहोस् चाडपर्व बापतको सेवा सुविधा :

प्रतिकृया दिनुहोस्