Birendranagar Municipality

बुधवार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण

सेरोफेरो
बुधवार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण

५ कार्तिक । पछिल्लो २४ घण्टामा ५ हजार ७ साय त्रिचालीस जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यो संगै नेपालभर सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।

 

अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ कार्तिक ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्