Birendranagar Municipality

नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघ्‍यो: हालसम्म ८१२ जनाको मृत्यु

सेरोफेरो
नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघ्‍यो: हालसम्म ८१२ जनाको मृत्यु

६ कार्तिक । पछिल्लो २४ घण्टामा ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र बिहीबार १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ।

 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७५१ जना छन्।

 

काठमाडौंमा १२ सय ८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ गरेर उपत्यकामा १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए। आइसीयूमा २९० र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

नेपालमा अहिलेसम्म मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

 

२४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८१२ पुगेको छ ।

२०७७ कार्तिक ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्