Birendranagar Municipality

कर्णालीका मुख्यमन्त्री शाही विरुद्धको अविश्वासकोे प्रस्ताव अस्वीकृत, अध्यक्ष ओलीको निर्देशन अटेर

सेरोफेरो
कर्णालीका मुख्यमन्त्री शाही विरुद्धको अविश्वासकोे प्रस्ताव अस्वीकृत, अध्यक्ष ओलीको निर्देशन अटेर

तस्विर: धुर्व बुढाथोकी

७ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ। असोज २५ गते मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा प्रचण्ड र नेपाल निकट १८ जना सांसदहरुले असहमती जनाएका छन् ।

 

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतक गुलावजंग शाहीलाई पूर्ववत् जिम्मेवारीमा स्थापित गर्न गरेको निर्देशन अटेर गरेका छन् । यो संगै नेकपामा विवाद उत्पन्न हुने संकेत देखिएको छ ।

 

कर्णाली नेकपामा सृजना भएको विवाद समाधानको लागी नेकपाका अध्यक्षद्वयले विवादित पक्षलाई काठमाडौं बोलाएका थिए । तर हप्तौसम्म सहमती हुन नसकेपछि दुई समुहले अविस्वासको प्रस्तावलाई अस्वीकृत गरेका हुन् ।

 

नवनियुक्त प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद उपस्थित रहेको सांसद शुसील कुमार थापाले जानकारी दिए ।

 

सांसद देवी वलीले १८ जना सांसदहरुले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत जाहेर गरेको बताईन्। उनले भनिन् 'बैठक अन्त्य तिर माननीय ठम्मर विष्टको समेत दलको नेताको पक्षमा बक्तव्य आएको जानकारी पाएका छौं यदी यो हो भने १९ जनाको समर्थन मुख्यमन्त्रीलाई रहन्छ ।'

 

अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका यामलाल कँडेलसहित ११ जना र पूर्वमाओवादी समूहका २ जना सांसदहरु बैठकमा सहभागी भएनन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । जसमा एक जना सभामुख छन् ।

KP oli

२०७७ कार्तिक ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्