Birendranagar Municipality

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

सेरोफेरो
१७ भदौ । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट रञ्जित तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार बिहान सार्वजनिक परिणामअनुसार तामाङले ८४५ मत प्राप्त गरी विजयी भएका हुन् ।


उनका प्रतिष्पर्धी अनिल शर्माले ८२२ मत पाएका थिए । तामाङले आफूलाई अब्बल सावित गरेको भन्दै प्रत्यासी अनिल शर्माले बधाइ समेत दिएका छन् ।


यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी र विजय गौतम निर्वाचित भएका छन् ।

 

सम्मेलनमा सबैभन्दा धेरै मत ल्याई पञ्चा सिंह छात्रा उपाध्यक्ष निर्वाचित भएकी छन् । उनले १०५४ मत प्राप्त गरेकी थिइन् । दुई हजार २२ मतदातामध्ये निर्वाचनमा एक हजार सात सय चारले मात्र भोट हालेका थिए ।


सम्मेलनबाट मधेशी उपाध्यक्षमा रविकिरण यादव, जनजाति उपाध्यक्षमा दिपेश कुमार पुन, दलित उपाध्यक्षमा इन्द्रकुमार भुषाल निर्वाचित भएका छन् ।


यसैगरी उत्तम कुमार अधिकारी अखिल क्रान्तिकारीको महासचिव निर्वाचित भएका छन् भने उपमहासचिवमा तुकमान महरा, जीपी मैनाली, मिलन महतरा क्षेत्री चुनिएका छन् ।


खुला सचिवमा नरेश रेग्मी र डिबी साउद छात्रा सचिवमा प्रवीणा अधिकारी र गंगा दाहाल, मधेशी सचिवमा गजेन्द्र प्रसाद देव, जनजाति सचिवमा राजकुमार याक्सो लिम्बु, मुस्लिम सचिवमा कल्पना मिया र दलित सचिवमा मदन भुल चुनिएका छन् ।

 

यसैगरी प्रदेश सचिवमा निर्वाचित हुनेमा प्रदेश नं. १ मदन कुमार भट्टराई, २ बाट सुर्यनारायण शाह, ३ बाट पवन कार्की, ४ मा क्षितिज सापकोटा, ५ मा नारायण खनाल, ६ बाट अम्मराज शाही तथा ७ का दिनेश प्रसाद भट्ट रहेका छन् भने डा. अच्युत भट्ट विश्वविद्यालय सचिव र केशव रावल कोषध्यक्षमा निर्वाचित भएका छन् ।


अखिल क्रान्तिकारीको इतिहासमा निर्वाचनबाट नेतृत्व चयन भएको यो पहिलो अवसर हो । नेकपा माओवादी केन्द्रमा र उसका कुनै पनि भातृ संगठनमा मतदानबाट अहिलेसम्म नेतृत्व चयन भएको छैन ।


निर्वाचनबाट ३३ जना पदाधिकारी सहित ३४३ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

२०७४ भदौ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्