९ कार्तिक । हिन्दुहरुको महान पर्व विजयादशमीको आज नवौं दिन अर्थात् महानवमी देशभर हर्षाेल्लासका साथ मनाईंदै छ।
देशभरका विभिन्न शक्तिपीठहरुमा आज बोका, हाँस, राँगा अनि कुखुराको बलि दिने चलन छ ।
पशुबली नदिनेले आज कुपिन्डो, मुला, जटा, काँक्रोको बलि दिएर दुर्गा भवानीको पूजा गर्ने गरिन्छ।
आज घरमा राखिएको जमरा समेत चढाउने गरिन्छ । नवमीको दिन बलि सहित दुर्गा सप्तसति, श्रीमद्भागवत एवम् देवीस्ताेत्र पाठ समेत गरिन्छ ।
प्रतिकृया दिनुहोस्