Birendranagar Municipality

बिहीबार २३६४ जना कोरोना सङ्क्रमित थपिए

सेरोफेरो
बिहीबार २३६४ जना कोरोना सङ्क्रमित थपिए

१३ कार्तिक । बिहीबार नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण भएको छ । यो संगै देशभर कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


त्यस्तै गएको २४ घण्टामा तीन हजार ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।

 

अब नेपालमा ३८ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय चार पुगेको मन्त्रालयले जनाएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार ६ सय १५ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार तीन सय ३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा एक सय ८० जना सङ्क्रमित थपिएका छन् ।

२०७७ कार्तिक १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्