Birendranagar Municipality

२४ घण्टामा २९ सय ३३ जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

सेरोफेरो
२४ घण्टामा २९ सय ३३ जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

१७ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् । अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ कार्तिक १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्