Birendranagar Municipality

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाइने

सेरोफेरो
त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाइने

१९ कार्तिक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको जनाएको छ । त्रिविका अनुसार परिक्षा दिनको लागी काठमाडौ आउन नपर्ने जनाएको छ । लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।


विद्यार्थी जहाँ छन्, त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाण्डौ आउनुपर्ने छैन । त्रिविका रजिस्ट्रार डाक्टर पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

 

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउनेछन्, त्यही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् । त्रिविले यही मङ्सिर दोस्रो हप्तादेखि स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ ।

 

उहाँले प्रवेशपत्र पनि अनलाइनबाट आफै विद्यार्थीले प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताउनुभयो । कोभिड–१९ को कारणले गएको चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएको थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दुरी कायम राखेर सञ्चालन गरिरहेको छ ।

 

रजिस्ट्रार डा. दाहालका अनुसार १/२ दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए। त्रिविको वार्षिक परीक्षा पनिका र सेमेस्टर परीक्षा डिन कार्यालयले लिने छन् ।

२०७७ कार्तिक १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्