Birendranagar Municipality

नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सरकार विरुद्ध लागेः मुख्यमन्त्री पोखरेल

सेरोफेरो
नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सरकार विरुद्ध लागेः मुख्यमन्त्री पोखरेल

३० कार्तिक । हरेक नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।


दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर सरकार परिवर्तन गर्न लागिपरेको आरोप लगाए । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा देश र नागरिकलाई घाटा हुने पोखरेलको भनाई छ ।

 

देशमा चाहिएको परिर्वतन होइन, स्थायित्व हो’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर सरकारमा जान नपाएकाहरू आत्तिएका छन् ।’

 

सरकार बदल्ने कुरा नागरिक र राष्ट्रको हितमा नभएको बताउँदै मुख्यमन्त्रीले अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र योजनाबद्ध रूपले विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको हो बताए।

 

तीन वर्षमा सरकारले धेरै राम्रा काम गरेको दाबी गर्दा सरकारलाई राम्रो ढङ्गले आड अनी भरोसा दिने बेला भएको पोखरेलको भनाई छ ।

 

दाङको तुलसीपुर उपमहानगरपालिका ७ को राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको बुद्धको मूर्ति अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले राप्ती शान्ति उद्यान आकर्षक पर्यटकीय गन्तव्य बनाउने बताए ।

 

१७ फिट अग्लो रहेको बुद्धको मूर्तिको निर्माण कार्य सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

२०७७ कार्तिक ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्