Birendranagar Municipality

आईतबार १४७७ संक्रमित थपिए, नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार नाघ्यो

सेरोफेरो
आईतबार १४७७ संक्रमित थपिए, नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार नाघ्यो

३० कार्तिक । देशभर पछिल्लो २४ घण्टामा एक हजार चार सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार सात सय ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ७३ हजार चार सय ३० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसंगै देशभर एक हजार दुई सय २१ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ।

२०७७ कार्तिक ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्