२ मंसिर । सुर्खेतको पञ्चपुरीमा जुवा खेल्दै गर्दा ११ जना प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिहारको दिनमा जुवा खेल्दै गर्दा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पञ्चपुरी ६ का रंग प्रसाद देवकोटाको घरमा जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले छापा मार्दा नगद रु ५१ हजार २ सय पचासी र २ गड्डी तास समेत बरामत गरेको हो ।
पक्राउ पर्नेमा पञ्चपुरी ४ सुर्खेत वर्ष ३४ का धन बहादुर नेपाली, वर्ष ४२ का कुशल नेपाली, वर्ष ३४ का अमर नेपाली, वर्ष ३० का जनक थापा, वर्ष ३२ का नेत्र कार्की, वर्ष ३१ को राम बहादुर नेपाली रहेका छन् ।
यसैगरी पञ्चपुरी ४ वर्ष ४३ का भवि वि.क, वर्ष ३९ को धन बहादुर शाही, वर्ष ४० को सञ्जन कार्की, धरधनी वर्ष ४६ को रंग प्रसाद देवकोटा र वर्ष ४८ को रतन देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्