१५ मंसिर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
सोमबार गृह सचिव बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै आईजीपी बन्नका लागि पोखरेल एक्लो दाबेदार बनेका छन् ।
यसअघि पनि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा एक्लै बढुवा भएका थिए ।

प्रतिकृया दिनुहोस्