१५ मंसिर । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले भनीन्, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन् । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’
वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उहाँले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको मन्त्री अर्यालको भनाई छ । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने मन्त्री अर्यालको भनाई थियो । ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, मन्त्री अर्यालले भनिन् ।
आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताईन् ।
जनप्रतिनिधी जनताको सेवक भएको बताउदै मन्त्रीले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताईन् । ‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो ।
हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो’, मन्त्री अर्यालले भनिन्, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन् । हामी त जनताको सेवक हौँ । उहाँहरुको सेवा गर्न उहाँहरु ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’
प्रतिकृया दिनुहोस्