३१ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिद्धार्थ बैंक द्वारा कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषको लागी रु १० लाख रुपैया हस्तान्तरण गरेको छ ।
सिद्धार्थ बैंकको तर्फबाट बैंकका म्यानेजर रञ्जन कोइराला र उहाँको टिमले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रमणले बिरामीको दर बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहेकाले उक्त रोग रोकथाम र नियन्त्रणमा सहज होस् भनेर कर्णाली प्रदेश सरकारलाई रकम हस्तान्तरण गरेको बैंकका म्यानेजर रञ्जन कोइरालाले जानकारी दिनुभयो ।
गत वर्ष पनि सिद्धार्थ बैंकले उक्त कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको बैंकका निरन्जन ज्ञावलीले बताउनु भयो ।
पछिल्लो समयमा तीब्र गतिमा देखिएको कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारले अधिकतम प्रयास गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले कठिन परिस्थितिको सामना गर्न सरकार र सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस्