३१ बैशाख । कोरोना भाईरस दोस्रो लहरको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा कर्णालीमा अक्सीजनको चरम अभाव देखा परेको छ । यो संगै कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालले बेड भएपनि बिरामी भर्ना लिन कठिन रहेको बताएको छ ।
अस्पतालका निर्देशक डा. डम्मर खड्काले हाल सम्म नयाँ संक्रमितलाई भर्ना लिएपनि अव रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । अस्पतालमा अक्सीजनको चरम अभाव भएका कारण यस विषयमा अस्पताल प्रशासन र प्रदेश सरकार विच छलफल समेत भईरहेको निर्देशक खड्काले बताउनु भयो ।
कर्णाली प्रदेश अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्ने खड्काको भनाई छ । अस्पतालमा २०० सिलिन्डर भरेर ल्याउने गरिएको तर बुधबारदेखि ५० सिलिन्डर अक्सिजन नेपालगंञ्जबाट आएको र यो अवस्थाले विकराल अवस्था आउन सक्ने खड्काले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्