१७ भदौ । सुर्खेत नेत्रहीन संघको अध्यक्षमा तारा ढकाल निर्वाचित भएकी छन् । नेत्रहीन संघकी केन्द्रीय सदस्य समेत रहेकी ढकाल शनिबार सम्पन्न संस्थाको चौथो चुनावी अधिवेशनबाट अध्यक्ष बनेकी हुन् ।
संघको उपाध्यक्षमा योगेन्द्र शाही, सचिवमा सोमना खड्का, सहसचिवमा मेनका आचार्य, कोषाध्यक्षमा बुद्धिराम चौधरी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा निलकण्ठ वाग्ले, चन्द्रमणि पोखरेल, खगेन्द्रप्रसाद शर्मा र वीरेन्द्र वली निर्विरोध चयन भएका छन् ।
कार्यक्रममा नेकपा ऐमालेका प्रतिनिधि टिकाराम शर्माले फरक क्षमता भएका व्यक्तिहरुलाई मूलधारमा समाहित गर्न सकेमात्र मुलुक समृद्धितर्फ जाने बताए ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख देवी भट्टराईले जिल्ला समन्वय समितिबाट आउने विभिन्न सिपमुलक तालिम तथा अवसरहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
२०६० सालमा सुर्खेतमा स्थापना भएको उक्त संस्थाले नेत्रहीनहरुका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्