Birendranagar Municipality

कानुन बाझिएका कारण भ्रूण हत्या

कानुन बाझिएका कारण भ्रूण हत्या

सेरोफेरो
१८ भदौ । कानुन बाझिएकै कारण अधिकांश भ्रूण हत्या हुने गरेको बताइएको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतन र बालिका विरुद्ध हुने भेदभावका सवालमा सिविन नेपाल र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा आईतबार सुर्खेतमा सम्पन्न मिडिया सम्वादमा सहभागीले उक्त कुरा बताएका हुन् ।


महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भपतन गर्न पाइने प्रावधानकै कारण लिङ्ग पहिचान गरी छोरा भए राख्ने र छोरी भए फाल्ने गरेको उनीहरुले बताएका छन् ।

 

वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले कानुनको आडमानै कानुनको दुरुपयोग भएको बताए । उनले भने–‘हामीलाई एउटा स्वस्थ बच्चा चाहिएको हो छोरा वा छोरी होइन भन्ने सोच्यो भने यो कुनै समस्यानै होइन । तर छोराको नै चाहाना राख्नेहरुले कानुनी प्रावधानलाई आङ्खनो स्वार्थपूर्ति गर्ने साधन बनाएका छन् ।’

 

कार्यक्रममा सहभागी ५ छोरीकी आमा पार्वती सुनारले छोरी भएकै कारण समाजबाट अपहेलित भएको दुःखेसो पोखिन् । उनले भनिन् ‘मेरा पा“च छोरी मात्र छन् । कान्छी छोरी जन्मिएकै दिन मेरो श्रीमानको मृत्यु भएको हो । छोरीको बगाल भएर के गर्छस् । छोरीले के गर्न सक्छन् र भनी समाजमा मलाई घृणा गर्छन् ।’ बालिका भू्रण हत्याको कारण समाज पनि भएको उनको भनाई थियो ।

२०७४ भदौ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्