सेरोफेरो
१९ भदौ । खानेपानी तथा सरसफाइको व्यवस्थापन, अनुगमन तथा मुल्याङ्कनका लागि गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (आर एम वास सिसि) चिङगाड गाउँपालिकामा गठन गरिएको छ । स्थानिय तहको निर्वाचन पश्चात साविकका गाविसहरुमा रहेका भिवाससिसि विगठन भएको अवस्थामा यो समिति गठन भएको हो ।
गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दको अध्यक्षतामा गठित २५ सदस्यीय समितिमा वडा सदस्यहरु, सरकारी तथा गैरसरकारी संस्था, सामुदायिक संस्था, विद्यालय, सहकारी संस्थाहरु बाट सदस्य रहेको कार्यकारी अधिकृत एवम् नव गठित आर एम वास सिसिका सदस्य सचिव रेवतबहादुर बुढाथोकीले जानकारी दिए ।
सुन्दर नेपाल संस्थाको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक गणेश वली र कार्यक्रम सुपरभाइजर चन्द्र तिमिल्सेनाले सहजीकरण गरेका थिए । सुन्दर नेपाल संस्थाले गाउँपालिकाका तिन वडामा पुर्णसरसफाइ तथा स्वच्छता र खानेपानी आयोजना संचालन गरिरहेको कार्यकारी अधिकृत बुढाथोकीले बताए ।
प्रतिकृया दिनुहोस्