Birendranagar Municipality

प्रहरीले समात्यो ८८ किलो सुन

प्रहरीले समात्यो ८८ किलो सुन

सेरोफेरो
१९ भदौ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । सोमवार दिउँसो २ बजे क्षेत्रपाटीबाट सुनसहित गाडि चालक मकवानपुरका मनोज अधिकारीलाई समेत पक्राउ गरेको छ ।


उक्त सुन गाडीको पार्टपूर्जा भित्र लुकाएर राखिएको अवस्थामा भेटिएको हो । केरुङ नाकाबाट भित्र्याइएको उक्त सुन ४१ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ मूल्यको रहेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।


उक्त सुन कसले कसका लागि ल्याएको भन्नेबारे केही नखुलेको प्रहरीले बताएको छ । यति ठूलो परिमाणमा सुन बरामद भएको यो पहिलो पटक हो । केही दिनअघि १४ किलो सुनसहित पेम्बा दोर्जे शेर्पा पक्राउ परेका थिए भने गत वर्ष प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन बरामद गरेको थियो ।

२०७४ भदौ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्