सीता वली
१९ भदौ, सुर्खेत । सुर्खेत जिल्ला अदालतले आर्थिक वर्ष २०७३ ̸७४ मा दुईसय पैँचालिस वटा सम्बन्ध विच्छेदका मुद्दामा फैसला गरेको छ । यस आर्थिक वर्षमा सम्बन्ध विच्छेद सम्बन्धी दर्ता भएका तीन सय दुई मुद्दा मध्ये ५७ वटा फैसला हुन बाँकी छन ।
पैmसला भएका अधिकांश मुद्दाको कारण वैदेशिक रोजगार भएको जिल्ला अदालतको ठहर छ । अदालत सुर्खेतका श्रेस्तेदार विरेन्द्रबहादुर मल्लल उनि भन्छन् ‘देशमा रोजगार छैन । युवा जति वैदेशिक रोजगारमा जाने र घरमा आउंदा श्रीमति अर्कैसंग मायाँ प्रेममा ।’ पछिल्लो समयमा महिला पनि वैदेशिक रोजगारमा जाने गरेका छन् । तर तुलनात्मक रुपमा महिला भन्दा पुरुष नै बढी जाने गरेकोले कतिपयको श्रीमान श्रीमतिको सम्बन्ध विच्छेदको अवस्थामा पुगेको उनको भनाई छ ।
अदालतका अनुसार २०७३ ̸ ७४ मा विभिन्न किसिमका ११ सय ८७ मुद्दा थिए । त्यसमध्ये तीन सय ४० अघिल्लो वर्षमा फैसला नभएका हुन् । यो आर्थिक वर्षमा फैसला भएका सात सय ९५ मुद्दा मध्ये सम्बन्ध विच्छेदको संख्या २ सय ४५ रहेको छ ।
अदालतमा छलफलका क्रममा महिलाले नै रकम हिनामिना गरेको, पर/पुरुषसंग सम्बन्ध राखेको खुलासा हुन्छ । श्रेस्तेदार मल्लका अनुसार कतिपय श्रीमान् विदेशबाट फर्कंदा न पैसा न श्रीमति भएको अवस्था अदालत सम्म छताछुल्ल भएका छन् । घटना दर्ताको प्रकृति हेर्दा वैदेशिक रोजगार बाहेक महिलालाई श्रीमानले जाँड रक्सी खाएर कुटेको, खान९लगाउन नदिएको, बालबच्चालाई संरक्षण नगरेको, घर निकाला गरिएको घटनाहरु पनि छन् ।
सम्बन्ध विच्छेदको कारण सानै उमेरमा विवाह गर्र्नु र उमेर पुगेपछि अर्कै रोज्ने प्रवृति पनि एक हो । यसका साथै लागुऔषध प्रयोग र पछिल्लो समयमा ‘मिटर व्याज’को कारोबार जसले धेरैको उठिबास समेत लगाएको छ । चेतनाको कारण पनि सम्बन्ध विच्छेदका घटना बढेको अदालतको ठम्याइ छ । ‘महिलाहरुलाई पुरुषले संधै दबाएर राख्न खोज्ने र वर्तमान समयमा महिलाहरुले अधिकारका लागी आवाज उठाउंदा पुरुषलाई नपचेको हो ।’ मल्ल भन्छन् ।
सामान्यतया श्रीमान् वैदेशिक रोजगारमा गएको समयमा घरको सबै जिम्मेवारी श्रीमतिलाई हुन्छ र समाजमा धेरै घुलमिल हुनुपर्ने हुन्छ । जसलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्छ । त्यहि कुरा परिवार सम्म आइपुग्दा चित्त नबुझेर गलत गरेको आरोप बुहारीलाई लगाइनु सम्बन्ध विच्छेदको अर्को वास्तविकता भएको एक महिलाले आफ्नो पीडा सेरोफेरोसंग भनिन् ।
विरेन्द्रनगर १६ मेहेलि स्थित एकै घरका दुई भाई रोजगारीका लागी मलेसिया पुगे । विदेश पुगेको ७ महिना नपुग्दै गाउंलेले जेठोको श्रीमतिको अर्कैसंग ‘चक्कर’ चलेको कुरा सुनाए । उनलाई विश्वास लागेन । उनले निरन्तर श्रीमतिकै नाममा पैसा पठाई राखे । डेढ बर्षमै श्रीमति उनका २ छोरी र १ छोरालाई बिचल्लीमा पारेर बर्दियाका डोजर चालकसंग टाप कसिन ।
कान्छोको पनि उस्तै हालत भयो । उनकी श्रीमतिले पनि अन्तरजातिय विवाह गरीन् । यो पीडा वैदेशिक रोजगारीमा जाने अन्य युवालाई पनि छ ।
पैसा र श्रीमति दुबै गुमाएका उनी साथीसंग भाडा मागेर घर फर्किए । पीडित युवाले भने ‘उसलाई मैले कुनै कुराको कमि गरिन । अहिले मलाई ऋणमा डुवाएर तिन छोराछोरीको विचल्लि पारेर अर्कैसंग भागी । भाईले पनि विदेशबाट आएर अर्को विवाह गर्यो ।’
अहिले उनले श्रीमान्ले अर्को विवाह गरेर विचल्लिमा पारेकी दुई छोरा छोरीको आमालाई बिहे गरेका छन् ।
महिला तथा बालबालिका कार्यालय सुर्खेतकी प्रमुख जमुना पौडेलले पनि सम्बन्ध विच्छेदको प्रमुख कारण वैदेशिक रोजगारी भएको र यसको मुख्य जिम्बेवार पुरुष नै भएको धारणा राखिन् । पौडेलले भनिन् ‘महिलाको एक्लोपनको फाइदा दोस्रो पुरुषले आफ्नो स्वार्थको लागी उठाउन खोज्छ । केहि हदसम्म त महिलाको पनि गल्ति होला तर यसको प्रमुख दोषी पुरुष नै हुन् ।’उनका अनुसार वैदेशिक रोजगारको लागी जाने तर घरमा श्रीमतिलाई शंकाको घेराभित्र राख्ने जुन पीतृसत्तात्मक सोच छ त्यो परिवर्तन नभएसम्म महिलाको अधिकार पुरुषको हातमा हुन्छ । त्यसैले घरेलुहिंसा र सम्बन्ध विच्छेद दुबै हुनुमा पुरुष जिम्मेवार छन् ।
यसका साथै पौडेलले बालविवाह, अनमेल विवाह, प्रेम विवाह, गरिबि, दुव्र्यसन, घरेलुहिंसा लगाएतका थुप्रै कारणले विवाहलाई सम्बन्ध विच्छेदमा पु¥याइरहेको जिकिर गरिन् । ‘अहिले महिलाहरु दबेर बस्दैनन् । यसको न्युनिकरणको लागी पितृसत्तात्मक सोचमा परिवर्तन गरिनुपर्छ ता की महिलाहरुले शंकाकै आधारमा सम्बन्ध विच्छेद गर्ने बाध्यताबाट मुक्ति पाउन सकुन ।’ पौडेल भन्छिन् । उनि थप्छिन्, ‘घरेलुहिंसा कसुर तथा सजाय नियन्त्रण ऐन २०६६ ̸ ६७ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकेमात्र यस्ताखालका घटना कम गर्न सकिन्छ ।’
प्रतिकृया दिनुहोस्