Birendranagar Municipality

इन्टरनेटको प्रयोगले वालवालिकामा सुरक्षा खतरा !

इन्टरनेटको प्रयोगले वालवालिकामा सुरक्षा खतरा !

२० भदौ । इन्टरनेटको प्रयोगले वालवालिकाको सुरक्षामा चुनौति ल्याएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । शनिबार राष्ट्रिय सभागृहमा काठमाडौंका विभिन्न विद्यालयका करिब दुई हजार बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने असुरक्षाबाट बच्ने उपाएको बारेमा जानकारी समेत दिइएको छ ।


इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाले एक सम्मेलनको आयोजनामा गरी इन्टरनेटका राम्रा र नराम्रा पक्षको बारेमा सचेत बनाएको प्राधिकरणका उपननिर्देशक हिरण्यप्रसाद वास्ताकोटीले जानकारी दिए । खासगरी १३ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर उक्त सम्मेलन आयोजना गरिएको थियो । पछिल्लो समयमा बालबालिकालाई इन्टरनेटको माध्यमबाट यौन दुर्व्यवहार हुने, बाल अपराधसमेत बढेको पाइन्छ ।


सम्मेलनमा बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने समस्याको बारेमा समूहगत रुपमा छलफल गराइएको थियो । छलफलबाट उठेका समस्यालाई महावीर पुन, प्रहरीनायब उपरीक्षक अमरेन्द्र सिंह, अधिवक्ता प्रवीण सुवेदी लगायतले समाधान गरेका थिए ।

२०७४ भदौ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्