सेरोफेरो
२० भदौ । ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मंगलबार अन्तरा्िष्ट्रय मानव बेचविखन विरुद्धको दिवस मनाइएको छ । काठमाडौंमा महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय लगाएत अन्य विभिन्न संघ संस्था र अन्य निकायहरुले देशका विभिन्न ठाउंमा खासगरी बेचविखन प्रभावित र बेलविखनको जोखिममा रहेका क्षेत्रमा विभिन्न कार्यक्रम गरेको छ ।
मानव बेचविखनबाट धेरै प्रभावित सिन्धुपाल्चोकमा पछिल्लो समयमा मानव बेचविखन तथा महिला बेचविखन विरुद्धको घटना दर्ता शून्य देखिएको छ ।
अवैधानिक तवरले बेचविखन हुनेभएको भएको कारण घटना गर्दा हुने गरेको र पछिल्लो समयमा व्यक्ति स्वयमको र आफन्तको समेत सहमति र सहकार्यबाट राहदानी, नागरिकता बनाएर वैदेशिक भूमिमा पठाउने प्रचलन बढेको हुनाले मानव बेचविखनको घटना नभएको सरोकारवालाको निष्कर्ष छ ।
दलालहरुले मानव बेचविखनको रुप बदलेतापनि यसको विरुद्धमा काम गर्ने संघ संस्थाले भने पुरानै शैलीमा काम गरीरहेका छन् ।
पहिले भारतका विभिन्न स्थानमा नेपाली महिलाहरु बेचिन पुग्थे भने अहिले वैदेशिक रोजगारीको नाममा बेचिने गरेको अधिकारकर्मीहरु बताउँछन् । नागरिकहरुमा चेतनाको स्तर वृद्धि हुनु र नाकाहरुमा कडा सुरक्षा जाँच हुनाले पनि घटनामा कमी आएको मान्न सकिन्छ ।
वैदेशिक रोजगारीका क्रममा हुने ठगी, एउटा काम भनी अर्को काममा पठाउने, तेस्रो मुलुक पुर्याउने लगायतका समस्याले भने जिल्लालाई थप गाँजेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए । ‘पहिले नेपाली चेलीहरु भारतमा बेचिन्थे भने अहिले विभिन्न खाडी मुलुकमा विभिन्न समस्या भोग्न बाध्य बनाइएका छन् । कतिपय पीडितहरुले स्वदेश फिर्ता भइसकेपछि उजुरी गर्छन् भने कतिपय पीडितहरुको विदेश पठाउने एजेन्ट आफन्त भएकै कारण न उजुरी गर्छन् न त क्षतिपूर्तिको दाबी नै गर्छन् ’ उनले भने ।
यसै अबसरमा मानव बेचविखन विरुद्धको जिल्ला समिति सुर्खेतले वीरेन्द्रनगर स्थित विद्यालयहरुमा मंगलवार जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
जन माध्यमिक विद्यालय वीरेन्द्रनगर र श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राममा गरिएको कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दिवसकै अवसर पारेर सार्वजनिक यातामयातका साधनहरुमा मानव बेचविखन विरुद्धको पोष्टर तथा पम्मपलेटहरु टाँस गरीएको छ ।
यसैगरी रेडियो धर्बतारा एफएम दैलेखको परिसम्बाद कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार न्युनीकरणका लागी सबैले पहल गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
महिला तथा बालबालिका कार्यालय दैलेखको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक दैलेखको सहजिकरण एवम् जिल्ला समन्वय समिती दैलेख लगाएत मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी काम गर्ने बिभीन्न संघसस्थाहरुको आर्थीक सहयोगमा गरिएको कार्यक्रमलाई दैलेखका सामुदायीक रेडीयोहरु रेडीयो ध्रबतारा एफएम, ज्वाला एफएम र दुल्लु एफएमबाट प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।
मानब बेचबिखन बिरुद्धको ऐनमा कसुरको मात्राअनुसार कुनै प्रकारको फाईदा लिई अथवा बेश्याबृद्धीमा लगाएको पाईएमा १० देखी १५ बर्षसम्मको कैद र ५० हजार देखी १ लाख रुपैयासम्म जरीवाना गरिनेछ । यस्तै प्रचलीत कानुन बमोजीम बाहेकका मानीसको कुनै पनि अङ्ग झिक्ने बेच्ने गरेको पाईएमा १० बर्ष कैद र २ लाख देखी ५ लाख रुपैयासम्म जरिवाना गर्ने कानुनमा उल्लेख गरिएको छ ।
यस्तै मानीसहरुलाई ललाईफकाई गरि बिभीन्न प्रलोभन देखाएर किन्ने अथवा बेच्ने, यौन व्यवसायमा लगाउने जस्ता कार्य गरेमा १ महिनादेखी तिन महिना सम्म कैद र २ हजार देखी ५ हजार रुपैयासम्मको जरीवानाको व्यवस्था कानुनमा रहेको छ । किन्ने वा बेच्ने यौन व्यवसायमा लगाउने उद्येश्यले बालबालीकाहरुलाई लगेको पाईएमा १५ देखी २० बर्षसम्म कैद र १ लाख देखी २ लाख रुपैयासम्म जरीवाना गरिने कानुनी प्रावधान छ ।
प्रतिकृया दिनुहोस्