Birendranagar Municipality

आजबाट सोह्रश्राद्ध सुरु, पितृको सम्झना गरिँदै

आजबाट सोह्रश्राद्ध सुरु, पितृको सम्झना गरिँदै

सेरोफेरो 

२१ भदौ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजबाट सुरु भएको छ । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पु¥याइन्छ ।


प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पितृको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।


मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई सम्झिइन्छ । सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ ।

२०७४ भदौ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्