२१ भदौ । भारतको पश्चिमी कर्नाटक राज्यस्थित बंङ्लोरमा स्थानिय लंकेश पत्रिकाकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । ५५ वर्षिय गौरी दक्षिणपन्थी आलोचकको रुपमा प्राय चर्चामा रहने गरेकी थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिजो साँझ अफिसबाट घर फर्कदै गर्दा बेंगलुरू स्थित आफ्नै निवासमा उनीमाथी सात गाली हानिएको थियो । भारतीय सञ्चारमाध्यमसंग कुरा गदै बेंगलुरू पुलिसले भनेको छ ‘मंगलबार साँझ गौरी आफ्नो घर गइरेहेकी थिइन् । जब उनले आफ्नो घरको ढोका खोल्दै थिइन् त्यही समयमा आक्रमणकारीहरूले उनको छातीमा दुई र टाउँकोमा एक गोली हानेका थिए ।’
हत्याको कारण खुल्न नसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गौरीका बाबुले ४० बर्षअघि सुरु गरेको पत्रिका लंकेशलाई नै उनले निरन्तरता दिदै आएकी थिइन् । उनी निडर र उनलाई सही लागेको कुरा लेख्ने पत्रकारका रुपमा चिनिन्थिन । सो पत्रिकाको माध्यमबाट उनले कम्युनल हार्मोनी फोरमलाई समेत अघि बढाएकी थिइन् ।
गत वर्ष उनीमाथि सांसद प्रहाद जोशीले मानहानीको मुद्धा दर्ता गराएका थिए । गौरीलाई अदातलले दोषी करार गरेको थियो ।
प्रतिकृया दिनुहोस्