सेरोफेरो
२१ भदौ । दैलेख जिल्लाका बिद्यालयहरुलाई मर्ज गर्न तथा शिक्षक दरबन्दी मिलान गर्न बिशेष पहल गरिने भएको छ । दैलेखमा भर्खरै सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी र दैलेखका सन्चारकर्मीहरुबिच आज भएको परिचयात्मक कार्यक्रममा यस्तो पहल थालीने बताईएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी पुर्णप्रसाद रिजालले स्पष्ट मापदण्ड बनाई तह अनुसार दरबन्दी बढी भएका बिद्यालयबाट कम भएका बिद्यालयमा स्थानान्तरण गर्दै शिक्षक दरबन्दी मिलान गर्न बिशेष पहल गरिने जानकारी दिए । यस्तै जिल्लामा शिक्षाको गुणस्तर सुधारको लागी दैलेखका गाउँ तथा नगरपालिकाका जनप्रतिनीधिहरुसंग अन्र्तरक्रिया तथा छलफल गरि आगाढी बढ्ने पनि जिल्ला शिक्षा अधिकारी रिजालले जानकारी दिए ।
रिजालले दैलेखका गाउँ–गाउँमा रहेका बिद्यालयहरुमा गुणस्तरीय शिक्षा कायम गर्न शिक्षक, बुद्धीजिवी, अभिभाबक लगाएत सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै शिक्षाको गुणस्तर बढाउनका लागी सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले जिल्ला शिक्षा कार्यालयमा हुने कुनैपनि सुचनाहरुलाई नलुकाई सन्चारकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरे ।
छलफलबाट जिल्ला शिक्षा कार्यालयले गर्ने सम्पुर्ण कार्यक्रमहरुलाई जिल्लामा क्रियाशिल पत्रकार तथा सन्चारमाध्यमहरुसंगको सहकार्य र समन्वयलाई अझै प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ ।
प्रतिकृया दिनुहोस्