Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० क्याम्पसलाई आङ्गिक बनाउने

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० क्याम्पसलाई आङ्गिक बनाउने

सेरोफेरो
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मध्यपश्चिम क्षेत्रका १० क्याम्पसलाई आङ्गिक बनाउने पहल थालेको छ । विश्वविद्यायले बुधबार गोरखापत्रमा सूचना प्रकाशन गरी क्याम्पसहरुसंग आङ्गिकका लागि आवेदन माग गरेको हाे ।


पहिलाे चरणमा प्रदेश नं ५ का तीन र ६ का सातवटा क्याम्पसलाई आङ्गिक बनाउने प्रकृया शुरु गरिएको विश्वविद्यालयका राजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बताए । दुर्गम क्षेत्रका जनतामा उच्च शिक्षाको पहुँच पुर्‍याउने उद्धेश्यले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भएकोले यस क्षेत्रका क्याम्पसलाई आङ्गिक बनाउन लागिएको उनले बताए ।


आङ्गिक क्याम्पस हुनका लागि तोकिएका क्याम्पसले आवेदन फारामका साथ प्राविधिक/व्यावसायिक विषय सञ्चालनको पूर्वाधार निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तथा त्रिभुवन विश्वविद्यालयको सहमति पत्र ६० दिनभित्र पेश गर्नुपर्नेछ ।


विश्वविद्यालयले यसअघि काठमाडौंका तीन नीजि क्याम्पसलाई दिएको सम्बन्धन विवादमा परेको छ । केन्द्रीय क्याम्पसको व्यवस्थापन, शिक्षक कर्मचारीको वृत्ति विकास, तथा यस क्षेत्रमा आङ्गिक क्याम्पस निर्माण नगरी बाहिर सम्बन्धन दिन नहुने भन्दै विभिन्न आन्दोलन भएका थिए । आङ्गिक क्याम्पस निर्माणको पहललाई सरोकारवालाले सकारात्मक कदम भनेका छन् ।  

MUCC Notice

यसैगरी त्रिभुवन विश्वविद्यलय कार्यकारी परिषदले काठमाडाैं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धनसम्बन्धी निर्णण फिर्ता लिएको छ । स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालनको अनुमति नै नपाएको अस्पताललाई सम्बन्धन दिएको भन्दै विरोध भएको थियो । त्रिविले गठन गरेको छानविन समितिले सम्बन्धन दिनुपर्ने पर्याप्त कारण नरहेको प्रतिवेदन बुझाएपछि आजै उक्त निर्णय भएको हो ।


निर्णयलगत्तै डा. गोविन्द केसीको अनसन कार्यक्रम फिर्ता भएको छ । सम्बन्धन खारेज नभए बुधबारदेखिनै अनसन बस्ने डा. केसीले जनाएका थिए । चिकित्सा शिक्षाको सुधारको माग राख्दै डा. गोविन्द केसी २३ पटक अनसन बसेका छन् ।

२०७४ भदौ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्