Birendranagar Municipality

सधैं चर्चामा गो टपलेस डे

सधैं चर्चामा गो टपलेस डे

प्रत्येक वर्षको अगस्ट महिनामा सञ्चालन हुने गो टपलेस डेले गत शनिबार आफ्नो १० औं वार्षिकोत्सव मनाउने क्रममा आफ्नो पुरानै मागलाई पुन: दोहोर्‍याएको छ । पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले त्यो अधिकार किन नपाउने भन्ने प्रश्नलाई उनीहरूले यो वर्ष पनि दोहोर्‍याए ।


नेभाडास्थित गो टपलेस संस्थाले आयोजना गर्ने यो प्रदर्शनको उद्देश्य अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प यो नीतिप्रति लचिलो हुन् भन्ने पनि थियो । न्युयोर्क सहरले सन् १९९२ मै महिलालाई छाती खुला गरेर हिँड्न मिल्ने अधिकार दिइसकेको छ भने अमेरिकाका धेरै सहरले महिलालाई पनि पुरुषले जस्तै छाती खुला गरेर हिँड्ने अधिकार दिइसकेका छन्, यद्यपि उथाह, टेनिसी र इन्डियाना राज्यमा त्यस्तो कार्य प्रतिबन्धित नै छ ।

 

महिला अधिकारवादीहरूको यो सञ्जालले अमेरिकाका अरू २९ वटा सहरमा समेत प्रदर्शन गरेको थियो भने यसपटक क्यानाडाको मन्ट्रिअल तथा फ्रान्सको पेरिसमा समेत यस्तै प्रदर्शन भएको बताइएको छ ।

(साप्ताहिकबाट)

२०७४ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्