Birendranagar Municipality

वीरगञ्ज उपमेयरमा कांग्रेसले उठायो ८० वर्षिया शान्ति कार्की

वीरगञ्ज उपमेयरमा कांग्रेसले उठायो ८० वर्षिया शान्ति कार्की

नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकाको उपमेयरको लागि ८० वर्षीया शान्ति कार्कीलाई उठाएको छ। उनी वीरगञ्जमा सबैभन्दा वृद्ध उम्मेदवार हुन्।

 

कांग्रेसकी निकै पुरानी नेता भएकाले यसपालि उपमेयरमा उठाएको जिल्ला सभापति तथा वीरगञ्जका मेयर उम्मेद्वार अजय द्वीवेदीले बताए। उनका अनुसार कार्कीको उमेर ८० वर्ष भन्दा बढी छ।

 

कार्की १० वर्ष पहिले पर्सा जिल्लाकी उपसभापति हुन्। उनी वीरगञ्जको नगरसभापति समेत भैसकेकी छन्। महिला संघको केन्द्रिय सदस्य रहिसकेकी कार्कीले पार्टीका लागि आफ्नो सिङ्गो जिवन अर्पण गरेको द्वीवेदीले बताए।

 

‘हामी जन्मिदा उहाँ प्रजातान्त्रिक आन्दोलनमा वीरगञ्जमा सक्रिय हुनुहुन्थ्यो। पार्टीका लागि प्रजातान्त्रको लडाँइका लागि उहाँले दर्जनौँपटक जेलनेल भोग्नुभ यो,’ उनले भने, ‘संघर्ष र क्रान्तिका बेला पार्टीलाई आफ्नो सबै समय र सम्पत्ति उहाँले खर्च गर्नुभएको छ। यसपालि हामीले उहाँलाई नै उपमेयर बनाउने निर्णय गरेका छौँ ।’

 

अविवाहित कार्की वीरगञ्जको समाजसेवामा समेत सक्रिय छिन्। (सेतोपाटीबाट)

२०७४ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्