सेरोफेरो
२२ भदौ । भारतको मुम्बईमा २४ वर्षअघि भएको शृङखलाबद्ध बम बिष्फोटका अभियुक्तलाई बिशेष टाडा अदालतले दोषी ठहर गरेको छ । अदालतले घटनाका मुख्य अभियुक्त अण्डरवर्ल्ड डन अबू सलेमसहित दुई जनालाई जन्मकैद र अन्य दुईलाई फाँसीको सजाय सुनाएको छ ।
अभियुक्तहरु ताहिर मर्चेन्ट र फिरोज खानलाई फाँसी र करिमुल्लाह शेखलाई जन्मकैदको सजाय सुनाइएको छ । अर्का एक दोषी मुस्तफा दोसाको हर्टएट्याक्टका कारण मृत्यु भइसकेको छ ।
सन् १९९३ को मार्च १२ मा मुम्बईमा शृङखलाबद्ध बिष्फोट गराइएको थियो । उक्त घटनामा दुई सय ५७ जना मारिएका थिए भने ७०० बढी घाइते भएका थिए । उनीहरुलाई सन् २००५ मा पोर्चुगलबाट सुपुर्दगी गरिएको थियो ।
सोही हमलामा संलग्न रहेकोमा दोषी ठहर भएपछि बलिउड अभिनेता सञ्जय दत्तले जेल सजाय भोगिसकेका छन् । मुम्बई हमलामा अदालतले १०० जनाभन्दा बढीलाई दोषी ठहर गरेको छ ।
(एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्