तस्बिर :धनवीर दाहाल
सेरोफेरो
२३ भदौ । पश्चिम रुकुमको त्रिबेणी गाँउपालिका वडा नं १० को वडा कार्यालय राख्ने बिषयमा झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । साविकको पेउघा गाबिसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ र बरनेटीमै रहनुपर्छ भन्ने विषयमा झडप भएको हो ।
झडपमा भुम्केमा कार्यालय राख्नुपर्छ भन्ने पक्षका ५८ वर्षिय टेकबहादुर खड्का र उनका छोरा शेरबहादुर खड्का घाइते भएको प्रहरीले बताएको छ । टेकबहादुर सोही वडाको निर्बाचित वडा सदस्य समेत हुन् । घाइतेहरुलाई स्थानीय स्तरमा उपचार संभव नभएपछि जिल्ला अस्पताल सल्ले पुर्याइएको छ । घाइतेहरुको टाउकोमा गम्भीर चोट रहेको अस्पतालले जनाएको छ ।
कार्यालय भुम्केमा हुनुपर्छ भन्ने पक्षले बरनेटीमा रहेको वडापालिका कार्यालय तोडफोड गर्नुका साथै कार्यालयका सबै सामान नष्ट गरेको वडा अध्यक्ष शेरबहादुर के.सीले बताए । उनले कार्यालयको बिषयमा छलफल गरी सहमति गर्नुको साटो कार्यालय तोडफोड र झडप गर्ने तरिकाले अर्काे पक्ष आएकोले यस्तो घटना हुन पुगेको बताए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमन रम्जालीले बताए । समयमा प्रहरी नपुगेको भए उक्त ठाँउमा ठुलो घटना हुने अवस्था रहेको स्थानीयले बताए । वडा नं १० मा वडा अध्यक्ष सहित पुरै प्यानल नेपाली कांग्रेस बिजयी भएको थियो ।
प्रतिकृया दिनुहोस्