Birendranagar Municipality

काठमाडौंको मन्दिर भित्र भेटियो मानव कंकाल

काठमाडौंको मन्दिर भित्र भेटियो मानव कंकाल

२३ भदौ । काठमाडौंको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ । अठारौं शताब्दीको इतिहास बोकेको यो मन्दिर २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्दा डढेको अवस्थामा कंकाल भेटिएको हो ।


चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव कंकाल भेटिएपछि पुरातत्त्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ । करिब १ सय फिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको हो ।


पुरातत्व विभागले बेलायतस्थित दुरहाम विश्वविद्यालयको सहयोगमा ४० दिनसम्म ७ वटा सम्पदाको इतिहासको विषयमा अध्ययन गरेको थियो ।

(समाचारपत्रबाट)

२०७४ भदौ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्