Birendranagar Municipality

राहत शिक्षक समिति गठन

राहत शिक्षक समिति गठन

सेरोफेरो
२४ भदौ । नेपाल राहत शिक्षक समिति ६ नम्बर प्रदेशको अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले २ वर्षको लागि १८ सदस्यीय समिति चयन गरेको छ । समितिको प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि २ जनाले एक एक वर्ष काम गर्ने गरी अध्यक्ष छनौट गरिएको हो ।


पहिलो वर्ष बुद्धिसिंह विष्टले समितिको अध्यक्ष भएर काम गर्नेछन् भने २०७५ भदौ देखि २०७६ भदौसम्म श्याम बहादुर वलीले अध्यक्षको जिम्वेवारी सम्हाल्ने छन् । यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा पलबहादुर पौडेल, महिला उपाध्यक्षमा मिठु केसी, खुला उपाध्यक्षमा देवबहादुर बस्नेत, महासचिवमा प्रेमप्रसाद दाहाल, कोषाध्यक्षमा तिलक केसी निर्वाचित भएका छन् भने उपमहासचिवमा लक्ष्मी प्रसाद आचार्य, महिला उपमहासचिवमा विष्णु खड्का निर्वाचित भएका छन् ।

 

अधिवेशनले सदस्यहरुमा विमला सिंह शाही, निर्मला खड्का, शेर बहादुर विष्ट, देविराम तिमिल्सेना, खड्क बहादुर शाह, लिला शाही, प्रलाद रेग्मी, नरेश न्यौपाने, जय कुमारी बस्नेत, हरिप्रसाद ढकाल र गोरख बटालालाइ चयन गरेको हो ।

 

प्रत्येक जिल्लाका अध्यक्षहरु प्रदेश समितिको सदस्य रहने नवनिर्वाचित अध्यक्ष श्यामबहादुर वलीले सेरोफेरोलाइ जानकारी दिए । 

 

अधिवेशनले शिक्षा ऐन संसोधन गरि राहत शिक्षकलाइ विना शर्त स्थाइ गर्ने, सेवा अवधी गणना हुने गरि स्थाइ सरह सुविधा प्रदान गर्ने लगायत चार बुँदे घोषणा पत्र जारी गरेको छ ।

Rahat Teacher

२०७४ भदौ २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्