Birendranagar Municipality

भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

भारतको महाराजगञ्ज जिल्लाको पुरन्दपुर क्षेत्र अन्तर्गत देवपुरमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । भारतको लद्दाकमा कार्यरत नेपालीहरु घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ७ नेपाली र गाडी चालक एक भारतीय नागरिकको मृत्यु भएको हो ।

 

मृतकमध्ये दुई जनाको सनाखत भएको छ । रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रविन विष्टका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ का ३० वर्षीय जुखई थारु र सोही स्थानका २४ वर्षीय उमेश चौधरीको सनाखत भएको छ ।को जानकारी भारतीय प्रहरीले दिएका छन् ।सनाखत भएका मृतकका परिवारहरु घटनास्थल तर्फ लागेका छन् ।

 

गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर महाराजगन्ज जिल्लाको पुरन्दपुर क्षेत्रको देउपुरमा आपसमा ठोक्किँदा सो दुर्घटना भएको पुरन्दपुर थाना प्रमुख एवम् सब(इन्सपेक्टर ग्रिजेश उपाध्यायले बताए ।

(अनलाइनखबरबाट)

२०७४ भदौ २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्