तस्बिर : धनविर दाहाल
सेरोफेरो
२४ भदौ । रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोज १९ गते देखी ३० सम्म पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुम कला साँस्कृतिक मञ्चको आयोजनामा सदरमुकाम मुसिकोट खलंगा स्थित बराहटाकुरा स्थान तोकिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजारिकरण समेत गरिने छ ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । महोत्सवमा चलचित्र अभिनेता भुवन केसी, लोकदोहोरी गायक विष्णु खत्री, गायिका बीमाकुमारी दुरा, आधुनिक गायक प्रमोद खरेल लगायत हाँस्यव्यंग्य कलाकार र सम्पुर्ण रुकुमेली गायक–गायिकाहरुको प्रस्तुती रहनेछ ।
महोत्सवको प्रत्येक दिन बेलुकी पाँच बजेपछि चर्चित कलाकारहरुबाट प्रत्यक्ष घम्साघम्सी दोहोरी पनि चल्ने बताईएको छ । महोत्सवलाई भव्य रुपमा सफल पार्न रुकुम महोत्सवको अर्को फरक आकर्षणको रुपमा उँट पनि प्रर्दशन स्टलमा राखिने छ ।
मस्त पुणित संगीत संग्राहलय स्थापना, रुकुमको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत कलाकार कल्याण कोषको स्थापनाका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारले बताए । महोत्सवमा ७० देखी ८० वटा व्यवसायिक स्टलहरु राखिने भएको छ । महोत्सव संचालनका लागि करिब ३६ लाख बढि खर्च हुने आँकलन गरिएको छ ।
प्रतिकृया दिनुहोस्