Birendranagar Municipality

बालवालिकामा हुने जोखिमबारे चिन्ता

बालवालिकामा हुने जोखिमबारे चिन्ता

तस्बिर:गुगल

सेरोफेरो
२५ भदौ । बालबालिकाहरुमाथि हुने जोखिम कम नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतमा आयोजित ६ नम्बर प्रदेश स्तरिय बाल अधिकार सशक्तिकरण कार्यशालामा बालवालिकाले कुनै न कुनै जोखिम व्यहोरीरहेको भन्दै त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड समेत दिइएको छ ।

 

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) अध्यक्ष माधव प्रधानले बालबालिकाहरुमाथि हुने जोखिमको अन्त्य गर्न सवै सरोकारवाला निकाय गम्भीर हुने पर्नेे बताएका छन् ।

 

प्रधानले प्रदेश नं. ६ भौगोलिक रुपमा विकट रहेकाले पनि ग्रामिण वस्तीका बालबालिका उच्च जोखिममा रहेको धारणा राखे । उनले बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सरकार समक्ष बारम्बार आग्रह गरेपनि सम्बन्धीत निकाय गम्भीर नभएको आरोप लगाए ।


समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक समेत रहेका बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का प्रदेश ६ का संयोजक टिकाराम आचार्यले बालबालिका माथि हुने जोखिम विरुद्ध बोल्न सरोकारवाला पक्षमात्र नभएर आम नागरिकहरुले समेत साथ दिनुपर्ने भनाई राखे । उनले बालबालिकाहरुका सवालमा स्थानीय तहका जनप्रतिनीधिहरुसंग हात्तेमालो गरेर अघि बढ्न आवश्यक रहेको औल्याए ।

 

सेभ द चिल्ड्रेको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा सञ्चालितकार्यशालामा दैलेख, जुम्ला, सल्यान, रुकुम, कालिकोटबाट बाल अधिकारकर्मीको सहभागीता रहेको छ । बालबालिकाहरुको विद्यमान अवस्था, बाल अधिकार, स्थानीय तहका जनप्रतिनीधीहरुसंग कसरी समन्वय गर्ने र दिर्घकालिन योजनाका विषयमा छलफल हुनेछ । कार्यशाला आइतबार समापन हुने छ ।

 

२०७४ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्