Birendranagar Municipality

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि : हेल्प डेक्स

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि : हेल्प डेक्स

सेरोफेरो
२५ भदौ । वीरेन्द्रनगर नगरपालिकाले हिंसा पीडित महिलाहरुका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । आइतबार औपचारिक रुपमा एक कार्यक्रम राखि न्याय पाउने अधिकारलाई सुरक्षित गर्न र वीरेन्द्रनगरलाई हिंसा रहित क्षेत्र बनाउन कार्यालयमा हेल्प डेक्स राखेको नगरपालिकाले जनाएको छ । 

 

‘प्रत्येक सम्मानित भएर बाँच्ने वातावरणको निर्माण गर्न, न्यायमा पहुँच बढाउन र पीडितको हाम्रो पनि कोही छ भन्ने अनुभुति दिलाउन हेल्प डेक्स सञ्चालनमा ल्याएका छौं’ नगर उपप्रमुख मोहन माया ढकालले भनिन् । न्यायिक समितिको क्षेत्राधिकार बाहिरका मुद्दालाई पनि डेक्स मार्फत आवश्यक कानुनी उपचारको लागि सहयोग गरिने उनले बताइन् ।


नगर प्रमुख देव कुमार सुबेदीले न्याय प्राप्तीमा सरकारको जिम्मेदारी बहन गर्न र हिंसा रहित समाजमा बसेको अनुभूति गराउन हेल्प डेक्स सुरु गरिएको बताए । वीरेन्द्रनगरलाई हिंसा न्युनिकरण उन्मुख शहर बनाउन सबै सरोकारवाला निकायलाई सहयोग गर्न पनि सुवेदीले आग्रह गरे ।


उक्त डेक्सले पीडितको समस्या सुन्ने, उजुरी ग्रहण गर्ने, पक्षहरुबीच छलफल गराउने, मेलमिलाप गराउने र मेलमिलाप हुन नसक्ने तथा गराउन नमिल्ने मुद्दालाई अदालतमा सिफारिस गर्ने छ ।


हेल्प डेक्सको सम्पर्क व्यक्तिको रुपमा नगरपालिकाकै कर्मचारी ज्योती के. सी. लाई तोकिएको छ ।

 

२०७४ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्