Birendranagar Municipality

नगरपालिका स्तरीय सरसफाइ समिति गठन

सेरोफेरो
२५ भदौ । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भेरीगंगामा गठन भएको छ । निर्वाचन पश्चात पुराना खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु स्वतः विगठन भएको अवस्थामा सरसफाइका अभियानहरुलाइ निरन्तरता दिनको लागि राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को व्यवस्था अनुसार उक्त समिति गठन गरिएको हो ।

नगरपालिकाका मेयरको अध्यक्षतामा गठित समितिमा सम्पुर्ण वडा अध्यक्ष तथा अन्य विभिन्न सरकारी, गैरसरकारी संस्था, स्थानिय समुह तथा सहकारीहरु सम्मिलित २७ सदस्यीय एम वास सिसि गठन गरिएको कार्यकारी अधिकृत एवम् समितिका सदस्य सचिव प्रेम देवकोटाले जानकारी दिए ।

गठनको क्रममा समितिको काम कर्तव्य र अधिकार वारे नगरपालिकामा विसं २०६७  देखि सरसफाइको अभियान संचालन गरिरहेको सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वली र कार्यक्रम सुपरभाइजर चन्द्र तिमिल्सेनाले जानकारी गरायका छन् ।


समितिले पुर्णसरसफाइको अभियानलाइ तिव्र रुपमा अगाडी बढाउने र असोज १५ सम्म नगरपालिकाका १३ वटा वडामा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्ने निर्णय गरिएको कार्यकारी अधिकृत देवकोटाले बताए ।

२०७४ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्